निक्कीका प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री खनाल

निक्कीका प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौँ — नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को एक प्रतिनिधिमण्डलले अध्यक्ष सुनील केसीको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ ।

 

अध्यक्ष सुनील केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणका बेला नेपाल–भारत वाणिज्य तथा लगानी प्रवद्र्धनार्थ गरिनुपर्ने विषयमा द्विपक्षीय एजेन्डामा समावेश गर्न प्रस्ताव पेस गरेको निक्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

भारतमा नेपालको कूटनीतिक उपस्थिति विस्तार गर्न मुम्बई र बैंग्लोरलगायत प्रमुख स्थानमा महावाणिज्यदूत कार्यालय वा व्यापार प्रतिनिधि कार्यालय स्थापना गर्ने प्रस्ताव पनि प्रतिनिधिमण्डलले राखेको जनाइएको छ ।

 

‘यो सिफारिस वर्तमान व्यापार तथ्यांकमा आधारित छ— नेपालको निर्यातको करिब ८० प्रतिशत भारततर्फ जान्छ, ६० प्रतिशत आयात भारतबाट हुन्छ र करिब ८५ प्रतिशत तेस्रो देशको व्यापार कोलकाता, हल्दिया र विशाखापट्टनम लगायतका भारतीय बन्दरगाहहरू मार्फत हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले निक्कीले प्रस्तुत गरेको प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै नेपाल–भारत आर्थिक सहकार्यमा निक्कीको निरन्तर योगदानप्रति सराहना व्यक्त गरे ।

 

It was originally published on ekantipur.