नेपाल बिजनेस समिट आयोजना गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ र एनबीआई

काठमाडौँ — नेपाल बिजनेस समिटको दोस्रो संस्करण आउँदो ४ जेठमा काठमाडौंमा आयोजना हुने भएको छ ।
सम्मेलनको पहिलो संस्करण आयोजना गरेको नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) बीच सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
निक्कीका तर्फबाट उपाध्यक्ष कुणाल केयाल र नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारीपत्रमा हस्ताक्षर गरे ।
निर्यात, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, एआई, आईटी, फिनटेक र सूचना प्रविधि, स्टार्टअप, एसएमई र समावेशी आर्थिक उन्नयनको मुख्य विषय रहेको नेपाल बिजनेस समिटमा निक्कीले सहआयोजकका रूपमा साझेदारी गर्दै निर्यात, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विषयलाई सम्मेलनमा उठान गर्ने निक्कीका उपाध्यक्ष कुणाल केयालले बताए ।
आफूहरूले नेपालको आयात र नियार्तबीच सन्तुलन खोजिरहेको उपाध्यक्ष केयालको भनाइ छ ।
It was originally published on ekantipur.

